Thursday, September 12, 2013

पश्चाताप
-     निरु महर्जन

पश्चातापमा म डुबिरहेको छु भने आफैले
आफैलाइ म कोस्दैछु कि किन ?
किन बुझिन मैले उसको माया किन
देखिन मैले उसको आँखामा त्यो अन्मोल छाया
किनदेखिन मैले उसको आँखामा त्यो अन्मोल छाया

कोसको तलासमा थिए र म;
कोसको तलासमा थिए र म
जब कि मेरो चोखो माया त मेरै आँखाको
सामू थियो भने, कस्तो अध्यारोमा थिए
र म कि मैले यहिको उज्यालो देखिन |
कि मैले यहिको उज्यालो देखिन |

त्यो मानिसलाई कसरी चिनिन र मैले
त्यो मानिसलाई कसरी चिनिन र मैले
जसकोआत्मामा मेरै बास् थियो जसको
आँखामा मेरै तस्वीर थियो भने
जसको दिन र रात मेरै लागि बित्थ्यो |
त्यो मानिसलाई कसरी चिनिन र मैले
जसको मुटुमा मेरै नाम थियो
जसको मुटुमा मेरै नाम थियो|

धिकार्दै छु म आँफैले आफैलाई कि,
धिकार्दै छु म आँफैले आफैलाई कि,
कसरि भए म यस्तो निष्ठुर
केले बन्धिएको थिए र म
कि मैले उसको माया बुझ्नै सकिन
कि मैले उसको माया बुझ्नै सकिन ||

पश्चातापमा म डुबिरहेको छु भने
हरबखत उसकै बारेमा सोच्दै बाच्छु म ||

मायाकोभाषा मनले बुझ्दा
ऊ निकै टाढा पुगिसकेको थियो
समयले साथ छोडिसकेको थियो भने
उसलाई फेरी एकचोटि फिर्ता बोलाउनु त
असम्भब नै थियो, असम्भब नै थियो |

भन्छनसाँचो मायाको जहिल्यै जित हुन्छ भनेर
भन्छनसाँचो मायाको जहिल्यै जित हुन्छ भनेर
र म पनि बाँच्दै छु त्यति आशालाई सम्झेर
हरदिन तिमी आउने बाटो हेर्दै
बाँच्दै छु म कठोर बनेर
बाँच्दै छु म कठोर बनेर ||

1 comments: